सत्ता गठबन्धनले सोमबार ३ बजेका लागि बोलायो बैठक
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९ | ५:२१:५०
काठमाडौं, १८ मंसिर | सत्ता गठबन्धनले चुनावपछि पहिलो बैठक बोलाएको छ । गठबन्धनले सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाएको हो । बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल हुने गठबन्धनका एक नेताले बताए । भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनमा आबद्ध दल कांग्रेसले ५७ सिट, माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर १९, २०७९ |
५:२१:५०
661