सेनेगललाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९ | ११:२८:१५
काठमाडौं, १९ मंसिर | सेनेगललाई ३० ले पराजित गर्दै इंग्ल्यान्ड कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेनेगल भने प्रतियोगिताबाट बाहिरिएको छ । आइतबार राति अल बयात मैदानमा इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, कप्तान ह्यारी केन र बुकायो साकाले एक एक गोल गरेका थिए । खेलको ३८ औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । इन्जुरी समयमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २० को अग्रता दिलाएका थिए श्र जारी विश्वकपमा उनको पहिलो गोल हो । खेलको ५७औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरे । विश्वकपमा उनको तेस्रो गोल हो । अब, इंग्ल्यान्डले अन्तिम आठमा साविक विजेता फ्रान्सको सामना गर्नेछ ।
प्रकाशित मिति : सोमबार, मंसिर १९, २०७९ |
११:२८:१५
2289