चिनियाँ राष्ट्रपति सी जिनपिङले साउदीको भ्रमण गर्ने
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९ | ११:५८:१६
२० मंसिर | अमेरिकासँगको तनावबीच चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीबार साउदी अरेबियाको भ्रमण गर्ने भएका छन् । सीएनएनका अनुसार अरबको राजधानी रियादको भ्रमणमा चीन–अरब शिखर सम्मेलन पनि समावेश हुनेछ जसमा १४ अरब राष्ट्र प्रमुखहरू सहभागी हुने अपेक्षा गरिएको छ । सीको दुई दिने भ्रमणका क्रममा चीन–जीसीसी सम्मेलन पनि हुने अपेक्षा गरिएको छ । चिनियाँ राष्ट्रपतिको साउदी भ्रमणको चर्चा महिनौंदेखि चलिरहेको थियो। भ्रमणबारे साउदी अरेबिया र चीनका सरकारहरूले पुष्टि गर्न बाँकी छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर २०, २०७९ |
११:५८:१६
1475