साना किसान लघुवित्त वित्तीय संस्थाकाे लाभांश घोषणा
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९ | १४:४३:२५
काठमाडौं, २० मंसिर | साना किसान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक ०७८/०७९ वर्षको मुनाफाबाट बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ ।संस्थाकाे सोमबार बसेको सञ्चालक समितिको ४५४औं बैठकले कूल चुक्ता पुँजी एक अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७ को रहेको र सोको २६ प्रतिशतले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साथै, दुई करोड १४ लाख ७ हजार ७६६ रुपैयाँ कर प्रयोजनका लागि १.३६८ प्रतिशतले नगद लाभांश वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंक र साना किसानको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लागु हुनेगरी सेयरधनीहरुलाई वितरण हुने संस्थाले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर २०, २०७९ |
१४:४३:२५
3741