बिहेको मण्डपमा वरवधुबीच कुटाकुट : नेपालसहित यी हुन विश्वभर चर्चामा रहेका विवाह संस्कारहरू
संसारभर विवाह गर्दा संस्कार फरक हुन्छ । नेपालमा पनि समुदाय अनुसार विवाहको संस्कार अलग हुन्छ । यतिबेला सामाजिक सञ्जालमा एउटा यस्तो भिडियो भाइरल भइरहेको छ । इन्स्टाग्राममा शेयर गरिएको यो भिडियो क्लिपमा मण्डपमा वरवधु भिडेको देख्न सकिन्छ । विवाह समारोह चल्दै गर्दा कसरी दुलहा र दुलही झगडा गरिरहेका छन् भिडियोमा देख्न सक्नुहुन्छ । यो मात्रै होइन, संसारमा विवाहका यस्ता धेरै अनौठा र खराब चलनहरू छन्, जसबारे थाहा पाएर तपाईं निकै रोचक र अनौठो महसुस हुन्छ ।
नेपालमा वरवधु ख्वाउनका लागि झगडा गर्छन्
नेपालमा परम्परागत विवाहको कुरा गर्ने हो भने विवाहमा निकै अनौठो चलन छ, जस अनुसार मण्डपमा वरवधु दुवैले आफू खाँदै त्यही जुठो एकले अर्कालाई ख्वाउने गर्छन् । सोही कारण बेहुला र बेहुलीबीच झगडाको वातावरण निर्माण हुन्छ ।
भिडियोमा दुलहीले दुलहालाई जुठो ख्वाउन खोज्छिन् तर उनलाई रोकेर उनैलाई ख्वाउन खोज्छन् । यहीँ कुरालाई लिएर दुवैबीच झगडा सुरु हुन्छ, त्यहाँ उपस्थित मानिसहरु यो देखेर छक्क परिरहेका छन् ।
त्यहाँ भएका कोही पनि झगडा मिलाउन भनेर अगाडि आउँदैनन् । क्लिपको अन्त्यमा दुलहा हाँस्दैछन्, किनभने पत्नीले जबरजस्ती जुठो ख्वाएर जित्नको लागि उठेर अगाडि बढ्छिन् । वास्तवमा, नेपालमा दुलहा र दुलहीबीच गरिने यो संस्कारलाई लिएर कसैले कुनै आपत्ति गर्दैनन् । यस बाहेक नेपालमा दुलहीले बेहुलाको खुट्टा समात्ने संस्कार पनि छ, त्यसमा बेहुली आफूले चाहे जति पैसा दुलहाले नदिएसम्म उनी उठ्दिनन् ।
कर्नाटकमा प्रेत कल्याणम गरिन्छ
भारत, कर्नाटकको दक्षिण कन्नड जिल्लामा दुई सन्तानको मृत्युपछि विवाह गर्दिने चलन छ । यो अभ्यासलाई ‘प्रेत कल्याणम’ भनिन्छ । आज पनि कर्नाटक र केरलाका केही समुदायहरूले यो अभ्यासलाई जारी राखेका छन् । यस विवाहमा सामान्य विवाहजस्तो सबै विधिहरू गरिन्छ । सबै प्रक्रिया दुलहा र दुलहीको परिवारले गर्दछ ।
चलन अनुसार मुहूर्त सकिएलगत्तै बेहुलाले सारी ल्याउँछन् । दुलहा र दुलही बस्नका लागि दुईवटा कुर्सी पनि छुट्टाछुट्टै राखिएको हुन्छ । विवाहमा उपस्थित आफन्तले कन्यादान गर्छन्, घुमघाम गराउँछन्, मङ्गलसूत्र लगाउँछन् । विवाहपछि बेहुला र बेहुली घरबाट बाहिर निस्कन चारै दिशाबाट आशीर्वाद लिन्छन् । त्यसपछि बेहुली बेहुलाको घरमा प्रवेश गर्छिन् ।
बिहारको मिथिलामा साली भिनाजुलाई थप्पड मार्छिन्
भारत, बिहारको मिथिलामा पनि अनौठो चलन छ । जस अनुसार बेहुला मण्डपमा जानुअघि दुलही चिनाउने संस्कार हुन्छ । यस संस्कार अन्तर्गत साली र दुलहीलाई घुम्टो ओडाएर एकै ठाउँमा बस्न लगाइन्छ । दुलहालाई दुलही चिन्न भनिन्छ, यदि दुलहाले बेहुली चिने भने उनले आफ्नी भावी श्रीमतीलाई चुम्बन गर्छन् । यदि सालीलाई आफ्नो श्रीमती भने भने नराम्रोसँग थप्पड खान्छन् ।
दक्षिण भारतमा बेहुलाले विवाहअघि सन्यास लिन चाहन्छन्
दक्षिण भारतमा तमिल विवाहहरूमा एक हास्यासपद चलन चर्चामा छ, जसमा दुलहाले विवाहअघि सन्यासको घोषणा गर्छन् । विवाहको जन्ती निक्लनु भन्दा पहिले बेहुला काशी जाने घोषणा गर्छन् । त्यसपछि दुलहीको परिवारका ठूलावडाले उनलाई सन्यास नलिन अनुरोध गर्दै बिहे गर्दा हुने फाइदाबारे बताउन थाल्छन् । धेरै सम्झाएपछि केटा बिहे गर्न राजी हुन्छन् ।
रोमानियामा विवाहअघि नै दुलहीको अपहरण हुन्छ
रोमानिया र अन्य युरोपेली देशहरूमा पनि रमाइलो संस्कार गरिन्छ । त्यहाँ बिहे गर्नुअघि नै दुलहीलाई अपहरण गर्ने नक्कली योजना बनाइन्छ । दुलहीका साथीभाइ र परिवारले उनलाई अपहरण गर्छन् । रिहा गर्नका लागि बेहुलासँग फिरौती मागिन्छ । दुलहाले आफ्नो विवाहपछि साथी र परिवारका सदस्यलाई पार्टी वा उपहार दिनुपर्छ ।
इन्डोनेसियामा दुलहा र दुलहीले तीन दिनसम्म बाथरुम प्रयोग गर्न पाउँदैनन्
इन्डोनेसियाको टिडोङ जनजातिले एक रोचक परम्परालाई पछ्याउँछ, जसमा नवविवाहित जोडीलाई विवाहको तीन दिन र तीन रात बाथरूम प्रयोग गर्न अनुमति दिइदैँन् । जसकारण नवविवाहित जोडीलाई विवाह समारोहमा कम खाना र पानी दिइन्छ । यो संस्कारले दाम्पत्य जीवन सुखी हुने विश्वास गरिन्छ, यो परम्परा तोड्नुलाई अशुभ मानिन्छ ।