अब वनको काम पनि एकद्वार प्रणालीबाट
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९ | ११:४०:५१
काठमाडौं, २१ मंसिर | अब आयात-निर्यातका लागि वन तथा भू-संरक्षण विभागको काम नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत हुने भएको छ । लाइसेन्स, प्रमाणपत्र र अन्य कागजातपत्रहरू स्वीकार गर्ने काम एकद्वार प्रणालीबाट हुने उल्लेख छ ।वन तथा भू-संरक्षण विभाग र भन्सार विभागबीच समझदारी भइसकेको छ । पुस १७ गतेदेखि एकद्वार प्रणालीको पोर्टलबाट आवेदन दिन मिल्ने विभागले जानकारी दिएको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर २१, २०७९ |
११:४०:५१
1079