प्रतिनिधिसभातर्फ सात सय ९० पुरुष स्वतन्त्र उम्मेदवारमध्ये पाँचजना विजयी
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९ | १४:०९:०४
काठमाडौं, २१ मंसिर | प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका सात सय ९० पुरुष उम्मेदवारमध्ये पाँचजना विजयी भएका छन् । देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये पाँच ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् । कतिपय राजनीतिक दलका बागी उम्मेदवार स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका छन् । स्वतन्त्र विजयी हुनेहरूमा मोरङ ५ बाट योगेन्द्र मण्डल, सर्लाही ४ बाट अमरेश कुमार सिंह, रौतहट २ बाट किरणकुमार साह, रौतहट ३ बाट प्रभु साह र बर्दिया २ बाट लालवीर चौधरी स्वतन्त्र रूपमा निर्वाचित भएका हुन् । देशभर महिला पुरुष गरी आम निर्वाचन २०७९ मा आठ सय ६७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । ७७ जना महिला स्वतन्त्र उम्मेदवारमध्ये सबै पराजित भएका छन् ।
प्रकाशित मिति : बुधबार, मंसिर २१, २०७९ |
१४:०९:०४
2003