मोटरसाइकल दुर्घटना हुँदा ५ जना घाइते
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९ | १७:२५:२७
काठमाडौं, २१ मंसिर । सुनसरीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा ५ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागि विराटनगरस्थित लाइफ गार्ड अस्पताल पठाइएको सुनसरी प्रहरीले जनाएको छ । घाइतेमध्ये सुनसरीकै बर्जु गाउँपालिका – ५ का ३५ वर्षीय सिताराम पण्डितको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । बुधबार दिउँसो को ९ प ६१ ६३ नम्बरको मोटरसाइकल र को १२ प १५ ५९ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन् ।
प्रकाशित मिति : बुधबार, मंसिर २१, २०७९ |
१७:२५:२७
1651