संसद् सचिवालयलाई सर्वोच्चले प्रश्न- कुन कानूनका आधारमा पत्र लेखेको ?
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९ | १८:०९:५१
काठमाडौं, २१ मंसिर | सर्वोच्च अदालतले संघीय संसद् सचिवालयका महासचिवलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कुन संवैधानिक वा कानून व्यवस्थाको आधारमा महाभियोग प्रस्ताव निष्प्रभावी भएको भनी पत्र लेखेको हो भनेर प्रश्न गरेको छ । सर्वोच्चका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मीले संघीय संसद् सचिवालयका महासचिवलाई पत्र लेखेर जवाफ मागेका हुन् । संसद् सचिवालयले बुधबार जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पठाएपछि सर्वोच्च अदालतको पूर्ण बैठक बसेको थियो । पूर्ण बैठकपछि सहरजिस्ट्रार रेग्मीले संघीय संसद् सचिवालयका महासचिवलाई पत्र लेखेर नवनिर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानूनी व्यवस्थाको आधारमा महाभियोगको प्रस्ताव निष्प्रभावी भएको हो, खुलाउन भनेका छन् ।
प्रकाशित मिति : बुधबार, मंसिर २१, २०७९ |
१८:०९:५१
1717