एमालेले आजमात्रै समानुपातिक सांसदको टुंगो लगाउने
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९ | ८:५५:४६
काठमाडौं, २३ मंसिर | नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज लगाउने भएको छ । नेकपा एमाले उपमहासचिब प्रदीप ज्ञवालीले शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने जानकारी दिए ।
नेकपा एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने छ । एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २३, २०७९ |
८:५५:४६
1519