कर्जन्हा नगरपालिकाले पाठेघर र हाइड्रोसिलका विरामीको निःशुल्क उपचार गर्ने
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९ | १४:०६:२५
सिरहा, २३ मंसिर | कर्जन्हा नगरपालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालले पालिकामा पाठेघर र हाइड्रोसिलका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । पालिका र अस्पतालको साझेदारीमा पालिकामा पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषको निःशुल्क शल्यक्रिया सहितको उपचार उपलब्ध गराउने भएको हो । कर्जन्हा नगरपालिका अस्पतालबीच पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषको शल्यक्रियाका लागि क्रमशः अधिकतम २६ र ७ हजार दिने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले जानकारी दिए ।
निशुल्क शल्यक्रिया सेवा, बेड चार्ज, उपचार, औषधि खानाको सुविधा र ऐम्बुलेन्स सेवा निशुल्क हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २३, २०७९ |
१४:०६:२५
1651