अब राष्ट्र बैंकभित्र अलग्गै सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९ | १५:१८:४४
काठमाडौं, २३ मंसिर | नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना गर्ने निर्णय गरेको छ । महाशाखाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरीवेक्षण गर्ने निर्णय भएको राष्ट्र बैंकले एक सूचनामार्फत जनाएको छ । राष्ट्र बैंकका अनुसार १ माघदेखि कार्य सञ्चालनमा आउने गरी बैंकभित्र अलग्गै सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना गरिन लागेकाे हाे ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २३, २०७९ |
१५:१८:४४
2927