रत्ननगर जुनियर जेसीजको अध्यक्षमा खनाल
प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९ | १९:४०:०५
चितवन , २४ मंसिर । रत्ननगर जुनियर जसीजको अध्यक्षमा सन्दर्भ खनाल निर्वाचित भएका छन् । रत्ननगर जुनियर जसीजको अध्यक्ष प्रज्ञा पौडेलको अध्यक्षतामा आज भएको १८ औं साधारणसभा तथा अधिवेसनबाट बर्ष २०२३ को अध्यक्षमा खनाल निर्वाचित भएका हुन् ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा सगुन रेग्मी , उपाध्यक्षहरुमा प्रशान्त पौडेल , सुजन लौडारी र वसन्त सिलवाल , निर्देशकहरुमा सुवास चन्द्र सिंखडा , हिमान्सु घिमिरे र दर्शन क्षेत्री चयन भएको निर्वाचन अधिकृत विदुर खनालले जानकारी दिए । महासचिव तथा कोषाध्यक्ष नवनिर्वाचित अध्यक्षले पदस्थापनको दिन मनोनित गर्ने छन् ।
प्रकाशित मिति : शनिबार, मंसिर २४, २०७९ |
१९:४०:०५
1629