थारु अगुवाद्वारा विश्व पौडेललाई आर्थिक सहयोग
प्रकाशित मिति: शनिबार, कार्तिक २६, २०७९ | १९:४१:००
चितवन , २६ कार्तिक । चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.विश्वनाथ पौडेललाई थारु अगुवाहरुले आर्थिक सहयोग गरेका छन् । चुनावी अभियानमा लागेका पौडेललाई चुनावको लागि आवश्यक खर्चमा सहयोग गर्ने अभियान अनुरुप करिब २० हजार रुपैयाँ सहयोग भएको हो ।
नेपाल थारु संघद्वारा शुक्रबार खैरहनीमा आयोजित थारु अगुवा कार्यकर्ताबिच विचार गोष्ठी तथा गठबन्धन चुनाव प्रचार प्रसार कार्यक्रममा उपस्थित भएकाहरुले स्वतस्फूर्त रुपमा उम्मेदवारलाई सहयोग गरेको नेपाल थारु संघ खैरहनीमा अध्यक्ष रामेश्वर चौधरीले जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, कार्तिक २६, २०७९ |
१९:४१:००
529