लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी हुने
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९ | १५:४६:३०
काठमाडौं, २७ मंसिर। लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ । यसअघि नै सत्ता गठबन्धनमा रहेकाले निरन्तरता स्वरूप सरकारमा सहभागी हुने नेता केशवकुमार झाले न्युज कारखानालाई बताए ।
उनले भने, ‘पार्टी बैठकमा शीर्ष नेताहरूबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । यसअघि पनि सत्ता गठबन्धनमै रहेकाले कुनै नयाँ निर्णय गर्न जरुरी छैन ।’ नेता झाका अनुसार संविधान संशोधन लगायतका मुद्दा कायम छन् ।उनले निर्वाचन अघिकै निर्णयको निरन्तरता भएकाले सरकारमा सहभागी हुन कुनै फरक माग भने नरहेको उनले जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, मंसिर २७, २०७९ |
१५:४६:३०
2663