इलाम १ को निर्वाचन बदर गर्न माग गर्दै झलनाथ खनालले दिए सर्वोच्चमा रिट
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९ | १८:०३:४१
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले आफू उम्मेदवार रहेको इलाम १ को निर्वाचन बदर हुनु पर्ने माग राखी रिट दिएका छन् । निर्वाचन अधिकृतले गरेको अन्तिम निर्वाचन परिणाम घोषणा बदर गरी फेरि मतदान हुनु पर्ने उनको माग छ । धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै उनले आज सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको निवेदनमा उनले निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि संघीय संसद सचिवालयलाई समेत विपक्षी बनाएका छन् ।
प्रकाशित मिति : मंगलबार, मंसिर २७, २०७९ |
१८:०३:४१
1475