मुवाँथाई टोली आज थाइल्यान्ड जाने ।
प्रकाशित मिति: मंगलबार, कार्तिक २९, २०७९ | १२:२६:३० 0 minutes
काठमाडौं, २९ कात्तिक। १७औँ विश्व मुवाँथाई च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडी मंगलबार थाइल्यान्डको पटाया जाने भएका छन् ।
नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५७ केजीमा गुणराज रुचाल र महिला ४८ केजीमा डेनिका राईले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष समेत रहेका काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले बिदाइ गरे ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २९, २०७९ |
१२:२६:३०
199