विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला
प्रकाशित मिति: मंगलबार, कार्तिक २९, २०७९ | १२:५३:३३ 0 minutes
काठमाडौं, २९ कात्तिक
देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।
गुल्मीको इस्मा गाउँपालिका–५ दरिङ ढुङ्गा बस्ने ७४ वर्षीया जिवाकला थापा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
सुर्खेतको लेकबेशी नगरपालिका–९ चौरासे तिल्केपानी बस्ने ७३ वर्षीया डिल्लीसरा जैशी आफ्नै घर नजिकै खेतमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चतरा झुम्का नहरमा हाल पहिचान नखुलेका पुरुषको शव सडिगलेको अवस्थामा सोमबार फेला परेको छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २९, २०७९ |
१२:५३:३३
221