आईएफकेके कराँते टोली आज भारत जाँदै
प्रकाशित मिति: बिहिबार, मंसिर २९, २०७९ | ११:१५:२५
काठमाडौं, २९ मंसिर | इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराँते टोली आज बिहीबार भारतको कोलकाता प्रस्थान गर्दैछ । राष्ट्रिय कराँते प्रतियोगिता कोलकाता ब्रान्चेसमा सहभागी हुन ७ खेलाडीसहित १३ सदस्यीय टोली भारत जान लागेको हो । डिसेम्बर १६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा सुमन थापा मगर, प्रिन्स देउला, प्रवेश गुरुङ, शेख रिज्वान उलाङ, सुशान्त सापकोटा, इशान सापकोटा र प्रञ्चलाल घिसिङले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।प्रशिक्षकमा घनश्याम श्रेष्ठ, व्यवस्थापकमा सानुराजा महर्जन, अफिसियलमा कुमार दनुवार, सुप्रिम रेफ्रीमा प्रेम लामा तथा रेफ्रीमा रेवतीप्रसाद सापकोटा र निरकमल थापा रहेका छन् ।
प्रकाशित मिति : बिहिबार, मंसिर २९, २०७९ |
११:१५:२५
1959