भक्तपुरमा आगलागीले घर जल्दा एकजनाको मृत्यु, अर्का घाइते |
प्रकाशित मिति: बुधबार, कार्तिक ३०, २०७९ | १३:३३:४३ 1 minute
भक्तपुर, ३० कात्तिक | भक्तपुरको मध्यपुर थिमि नगरपालिका-६ राईटोलको एउटा घरमा बुधबार आगलागीमा परी एकजनाको मृत्यु भएको छ ।आत्माराम केसी र हरिशरण केसीको इँटा र काठले बनेको तीन तल्ले कच्ची घरमा अचानक आगलागी हुँंदा सोही घरमा बस्ने २५ वर्षकी अस्मिता केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सुस्त मनस्थिति र प्यारालाइसिस रोगबाट ग्रस्त थिइन् ।घटनामा परी सोही घरकी १४ की नित्मा केसी घाइते भएकी र उनलाई नजिकैको कोरियन अस्पतालमा लगेको र उपचारपछि डिस्चार्ज भएको भएको प्रहरीले जनाएको छ । खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुईवटा दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइएको छ ।
प्रकाशित मिति : बुधबार, कार्तिक ३०, २०७९ |
१३:३३:४३
507