अमेरिकामा क्रिसमस परेडमा गाडी चलाएर ६ जनाको हत्या गर्नेलाई आजिबन कैद |
प्रकाशित मिति: बिहिबार, मंसिर ०१, २०७९ | ११:५२:४४ 0 minutes
न्युयोर्क, १ मंसिर | अमेरिकाको विस्कन्सिन राज्यका एक न्यायाधीशले गत वर्ष क्रिसमस परेडमा गाडी चलाएर ६ जनाको हत्या गर्ने र ६२ जनालाई घाइते बनाउने एक व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाएकी छिन् । अभियोजकहरूले तर्क गरेपछि ड्यारेल ब्रुक्सलाई गत महिना एक निर्णायक मण्डलले ‘मानव जीवनको पूर्ण अवहेलना’ गरेको देखाएको थियो । अदालतले सजायको क्रममा दर्जनौं जीवित र पीडितका परिवारबाट भावनात्मक बयान पनि सुनेको थियो । चार–हप्ताको मुद्दाको सुनुवाईमा उनले अदालतको कार्यवाहीमा बाधा पु¥याएका थिए । बुधबार आफ्नो सजाय सुनाउँदै न्यायाधीश जेनिफर डोरोले ब्रुक्सले ‘खराब बाटो’ रोजेको बताइन् । उनले ब्रुक्सलाई ६ वटा आजीवन कारावासको सजाय दिन आदेश दिइन् ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०१, २०७९ |
११:५२:४४
397