ओमानविरुद्ध जर्मनीको संघर्षपूर्ण जित
प्रकाशित मिति: बिहिबार, मंसिर ०१, २०७९ | १३:३१:४७ 0 minutes
काठमाडौं, १ मंसिर | कतार विश्वकप अघि मैत्रीपूर्ण खेलमा जर्मनीले ओमानलाई १–० अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा ८०औं मिनेटमा विंगर निक्लास फुलक्रगले निर्णायक गोल गरेका थिए । जर्मनीले एसियन राष्ट्रविरुद्ध जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो । खेलमा बढि बल पकड बनाएपछि जर्मनी फिनिसिङमा चुकेको हो । विश्वकपको समूह इ मा रहेको जर्मनीले २३ नोभेम्बरमा जापानसँग खेल्दै विश्वकप सुरुआत गर्नेछ । समूहमा कोस्टा रिका, स्पेन समेत छन् । राति नै भएका अन्य मैत्रीपूर्ण खेलमा पोल्यान्डले चिलीलाई १–० अन्तरले, क्रोयसियाले साउदी अरेबियालाई १–० र स्विडेनले मेक्सिकोलाई २–१ अन्तरले पराजित गरेको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०१, २०७९ |
१३:३१:४७
309