विश्व कप फुटबलमा तेस्रो स्थानको लागि आज मोरक्को र क्रोएसियाबीच भिडन्त
प्रकाशित मिति: शनिबार, पौष ०२, २०७९ | १९:४०:३८
काठमाडौं । कतारमा चलिरहेको फिफा विश्व कप कतार २०२२ को तेस्रो स्थानको लागि आज मोरक्को र क्रोएसिया खेल्दैछन् । खेल आज बेलुका पौने ९ बजे कतारको खालिफा स्टेडियममा सुरु हुनेछ । सेमिफाइनलमा मोरक्को फ्रान्ससँग २–० गोलले पराजित भएको थियो । यस्तै, क्रोएसिया अर्जेन्टिनासँग ३–० ले हारेको थियो । क्रोएसिया र मोरक्कोले समूह चरणमा गोलरहित बराबरी खेलेका थिए । विश्व कपको उपाधिको लागि भोलि फ्रान्स र अर्जेन्टिना खेल्दैछन् ।
मोरक्को अहिलेसम्मकै विश्वकपमा सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक हो । उसले विश्वविजेताहरुलाई हराएर सेमिफाइनलमा स्थान बनाएको थियो । क्रोएसिया साविकको उपविजेता हो ।
प्रकाशित मिति : शनिबार, पौष ०२, २०७९ |
१९:४०:३८
1460