पूर्वपोर्नस्टार मिया खलिफाका फेवरेट तीन फुटबलर को हुन् ?
पूर्वपोर्नस्टार एवं लेबनानी मोडल ( Mia Khalifa ) मिया खलिफा प्राय: चर्चामा रहने गर्छिन् । पूर्वपोर्नस्टार खलिफाले इङ्लिस प्रिमियर लिगको क्लब वेस्ट ह्याम युनाइटेडको समर्थकको रूपमा आफूलाई चिनाउने गरेकी छिन् । केही दिनअघि रोबी लिलको युट्युब च्यानलबाट उनको अन्तर्वार्ता सार्वजनिक भएको थियो । अन्तर्वार्तामा उनले आफूलाई मनपर्ने तीन फुटबलरको नाम उल्लेख गरेकी छिन् । पोर्न उद्योगमा प्रवेश गरेको दुई महिनामै उनी सर्वाधिक रूचाइएकी अभिनेत्री बनेकी थिइन् । मिया खलिफालाई पूर्व इङ्लिस स्टार डेविड बेकहम धेरै मनपर्छ ।
उनको दोस्रो रोजाईमा फ्रेन्च स्टार जिनेदिन जिदान पर्छन् । अस्ट्रेलियन मिडफिल्डर एरोन मुयेको भने तेस्रोमा पर्ने उनले बताइन् । आफू केटी भएका कारण बेकहम रोजेको बताएकी उनले जिदान रोज्नुको नयाँ तर्क गरिन् ।
जिदानले २००६ विश्वकपमा इटालियन खेलाडीलाई टाउकोले हानेको कुरा मियाका लागि फुटबलमा सबैभन्दा रोमाञ्चकमध्ये एक क्षण थियो । उनलाई द्वन्द्व मनपर्छ, त्यसैले जिदानको त्यो प्रहार उत्कृष्ट लाग्यो ।
अस्ट्रेलियन मिडफिल्डर एरोन मुयेको उनी बास्केटबल स्टार कव्ही लियोनार्द जस्तै भएका कारण खलिफालाई मनपर्छ । उनको शारीरिक हाउभाउ, क्यामेरा अगाडि हुँदा लजाउने बानी उस्तै लाग्छ ।