कैलालीमा आगलागीबाट एक घर जलेर नस्ट
प्रकाशित मिति: शुक्रबार, मंसिर ०२, २०७९ | २०:२७:१९
धनगढी, २ मंसिर | कैलालीमा एक घरमा आगलागी भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर–०४ मा आगलागी भएको हो । परालमा लागेको आगो घरको छानासम्म पुगेर सल्किएको स्थानीयले बताएका छन् । आगो नियन्त्रण गर्ने प्रहरी टोली तथा दमकल घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ०२, २०७९ |
२०:२७:१९
397