नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज
प्रकाशित मिति: आइतबार, पौष ०३, २०७९ | ८:०२:०१
काठमाडौं । सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बस्दैछ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकदिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । उनका अनुसार आमनिर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।
बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल हुनेछ ।
प्रकाशित मिति : आइतबार, पौष ०३, २०७९ |
८:०२:०१
5135