प्रि-ओपन सेसनमा नेप्से सूचकमा १.०४ अंकले उकालो
प्रकाशित मिति: आइतबार, पौष ०३, २०७९ | १२:२०:२२
काठमाडौं, ३ पुस । प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक १.०४ अंकले उकालो लागेको छ । यससँगै सूचक १८८३.६५ विन्दुमा आएको छ । १७ कम्पनीको ६ लाख २९ हजार ५३६ रुपैयाँको सेयर कारोबार भएको छ । कुल एक हजार ६६५ कित्ता सेयर खरिद बिक्री भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकलो लागेको छ भने ८ वटाको मूल्य घटेको छ र एक कम्पनीकाे स्थिर छ । यता, १३ उपसूचकहरुमा ३ कम्पनीमा सामान्य वृद्धि भएको र दुइ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रकाशित मिति : आइतबार, पौष ०३, २०७९ |
१२:२०:२२
4730