सांसदहरूको सपथग्रहणपछि मात्रै सरकार गठनबारे छलफल गर्ने माणवादी निर्णय
प्रकाशित मिति: आइतबार, पौष ०३, २०७९ | १८:०१:१७
काठमाडौं, ३ पुस | सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदको सपथग्रहण गरेरमात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले सांसदहरूको सपथग्रहण हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डले बताए ।उता राष्ट्रपति विद्यादेवी भण्डारीले भने नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिले ७ दिनको समय दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
प्रकाशित मिति : आइतबार, पौष ०३, २०७९ |
१८:०१:१७
1299