शेखर कोइराला र गगन थापाबीच वार्ता जारी
प्रकाशित मिति: सोमबार, पौष ०४, २०७९ | १७:२९:००
काठमाडौं, ४ पुस | नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र शेखर कोइरालाबीचको छलफल जारी छ । पार्टी संसदीय दलको नेतामा एउटै समूहका थापा र कोइरालाले दाबी गर्दै आएका छन् । पार्टी संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुने पार्टीले चुनावी तालिका सार्वजनिक गरेको केही घण्टामै दुई नेता छलफलमा जुटेका हुन् ।सभापति शेरबहादुर देउवाइतर शेखर– गगन समूहका दुवै नेताले संसदीय दल आफू हुनुपर्ने बताउँदै आएका बेला छलफलमा बसेका हुन् ।छलफलमा जुट्नुअघि सोमबार बिहानैबाट दुवै नेता अनौपचारिक रुपमा अन्य नेतासँग पनि छलफल गरेका थिए । गगनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि समर्थन जनाएका छन् ।जारी छलफलमा सो समूहका अन्य नेताको पनि सहभागी छ । अहिले शेखर कोइरालाले आफ्नो विचार राखिरहेका छन् ।
प्रकाशित मिति : सोमबार, पौष ०४, २०७९ |
१७:२९:००
1871