संसदीय दलको नेताका लागि गुटमा सहमति खोज्न शेखर-गगन समूहको भेला
प्रकाशित मिति: सोमबार, पौष ०४, २०७९ | १८:०८:२६
काठमाडौं, ४ पुस |नेपाली कांग्रेसको संस्थापनइतर शेखर कोइराला र गगनकुमार थापासमूहको बैठक काठमाडौंमा बसेको छ । संसदीय दलको नेता चयनका लागि कांग्रेस निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेसँगै आफ्नो समूहबाट उम्मेदवार चयन गर्न लैनचौरस्थित एक होटलमा शेखर पक्षीय नेताहरू जुटेका हुन् ।संसदीय दलको नेताका लागि महामन्त्री गगन थापाले उम्मेदवारको दाबी गर्दै आएका छन् । नेता कोइराला पनि संसदीय दलको नेताका लागि इच्छुक देखिएका छन् ।१४औं महाधिवेशनमा शेखर नेतृत्वको टिमबाट उम्मेदवार भई निर्वाचित भएका कांग्रेसका पदाधिकारी तथा केही केन्द्रीय सदस्य आजको भेलामा सहभागी छन् ।संस्थापन पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाले नै संसदीय दलको नेताका लागि तयारी थालेका छन् । नेता रामचन्द्र पौडेल पनि संसदीय दल नेतामा इच्छुक देखिएका छन् ।
प्रकाशित मिति : सोमबार, पौष ०४, २०७९ |
१८:०८:२६
1673