बारामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
प्रकाशित मिति: सोमबार, पौष ०४, २०७९ | १९:००:०१
वीरगञ्ज, ४ पुस | बाराको निजगढमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बाराको निजगढ नगरपालिका-१ सिंगौल बस्ने ४७ वर्षीय भोलाप्रसाद तिमल्सिनाको मृत्यु भएको वडा प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जिव ओलीले बताए ।उनी चढेको ना ३४ प ८३३१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना ६ ख २२६१ नम्बरको ट्रकमा निजगढ नगरपालिका वडा नम्बर १ धन्सार पुल नजिकै ठोक्किएर दिउँसो दुर्घटना भएको थियो ।दुर्घटनामा ज्यान गुमाएका भोलाको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, पौष ०४, २०७९ |
१९:००:०१
1519