आप्रवासी नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न एनआरएनएको माग
प्रकाशित मिति: सोमबार, पौष ०४, २०७९ | २१:३०:१९
लण्डन, ४ पुस | गैरआवासीय नेपाली संघले आप्रवासी नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । संघले शनिबार विश्व आप्रवास दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सफलता कामना गर्दै यसको सकारात्मक सन्देश जनस्तरसम्म पुग्नुपर्ने जनाएको छ । संघकी कार्यकारी अध्यक्ष रविना थापाद्वारा जारी विज्ञप्तिमा आग्रवारी समस्या र चुनौतीलाई सामाना गर्न गैरआवासीय नेपाली संघले नेपाल सरकारसंग सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।
प्रकाशित मिति : सोमबार, पौष ०४, २०७९ |
२१:३०:१९
2113