विप्लव समूहद्वारा चितवनमा मतपेटिका जलाउने प्रयास,प्रहरीद्वारा एक राउण्ड हवाई फायर Live
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १०:०७:३२
चितवन , ४ मंसिर । चितवनमा विप्लव समूहले मतपेटिका जलाउने प्रयास गरेका छन् । चितवनको राप्ती नगरपालिका ८ स्थित ब्रम्हाथानी विद्यालयमा रहेको मतदान केन्द्र ख को मतपेटिका जलाउने प्रयास भएको हो ।
ख केन्द्र अन्तर्गतको समानुपातिकतर्फ प्रदेश सभा सदस्यको मतपेटिकामा आगो लगाउने प्रयास भएको थियो । मतपेटिका जलाउने प्रयास भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । प्रहरीले हवाई फायर गरेपछि उनीहरु भागेका थिए । मतपेटिकामा क्षति भएपनि मतपत्रहरु सुरक्षित रहेको मतदान अधिकृत राजकुमार गुरुङले जानकारी दिए । उक्त मतपेटिकमा रहेको मतपत्रहरु नयाँ मतपेटिकामा राखेर मतदना सुचारु गरिएको गुरुङले बताए । उक्त घटनापछि केहिबेर स्थगित भएको मतदान प्रक्रिया अहिले सुरक्षा व्यवस्था कडा पारेर पुन सुचारु गरिएको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१०:०७:३२
4753