मतदानका लागि लाइन बसेका वृद्धको मृत्यु
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १०:१५:५४
तेह्रथुम, ४ मंसिर | मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्न मा वि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो । मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१०:१५:५४
1057