पाँचथरको मतदानस्थल नजिक विष्फोट, मतदान रोकियो
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १०:३४:०९
पाँचथर, ४ मंसिर | पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै विस्फोट भएको छ । मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै विस्फोट भए पनि मानवीय क्षति भने भएको छैन । सो विस्फोटसँगै केही बमका छर्रा भने मतदान केन्द्रसम्म आइपुगेका थिए । कुनै किसिमको मानवीय क्षति नभएपनि मतदान प्रक्रिया भने अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार विस्फोटको खबर आएलगत्तै सदरमुकामबाट सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१०:३४:०९
1343