पूर्वमन्त्री महेश बस्नेतद्वारा मतदान
भक्तपुर, ४ मंसिर । नेकपा एमालेकाे पाेलिटव्युराे सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेद्वार महेश बस्नेतले मतदान गर्नुभएकाे छ । आज विहान ९: ५५ बजे नेता बस्नेतले सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु वडा कार्यालयमा रहेकाे मतदान केन्द्रमा मतदान गर्नुभएकाे हाे । भक्तपुर क्षेत्र नं. २ बाट २०७४ सालमा दाेब्बर मतका साथ उहाँ विजयी हुनुभएकाे थियाे । उहाँले कांग्रेसका नेता दमननाथ ढंगानालाई १८ हजारकाे बदलामा ३६ हजार मत ल्याई विजयी हुनुभएकाे थियाे ।
भक्तपुरमा आजकाे भएकाे निर्वाचनमा भने एमालेकाे विरूद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, लाेकतान्त्रिक समाजवादी र जनमाेर्चा सहितकाे पाँच दलीय गठबन्धन रहेकाे छ । पाँच दलीय गठबन्धन भएता पनि भक्तपुरमा भने लाेसपा र जनमाेर्चाकाे प्रभाव न्यून रहेकाे छ । आफुले भक्तपुरमा गरेकाे विकास र समृद्धिले गर्दा जनताकाे प्रिय बन्नुभएका नेता बस्नेतले गठबन्धनलाई याे पटक तेव्बर मतले हराउने उद्घाेष गर्नुभएकाे छ ।
भक्तपुरलाई विकासकाे एेतिहासिक नयाँ युगमा नेता बस्नेतकाे नेतृत्वमा भएकाले भक्तपुर क्षेत्र नं. २ का जनताले सूर्य चिन्हमा मतदान गर्नेमा उहाँले विस्वास ब्यक्त गर्नुभयाे । उता स्थानीय जनता पनि महेश बस्नेतकाे विकल्पमा गठबन्धनका उम्मेद्वार तुलना गर्न नसकिने भन्दै हाम्राेलाई भन्दा पनि राम्राेलाई मतदान गरि भक्तपुरलाई नेालकै नमुना जिल्ला बनाउन पुन: बस्नेतलाई नेतृत्व दिनुपर्नेमा जाेड दिएका छन् । भाेट रूख हेरेर नभई जिल्लाकाे विकास गर्ने बस्नेतकाे मुख हेरेर मतदान गर्ने जनताकाे भनाई रहेकाे छ ।