अध्यक्ष ओलीद्वारा मतदान
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १३:१९:३६
भक्तपुर, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् । उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् । ओली झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । मतदान गरेपछि उनले शान्तिपूर्णं ढंगले निर्वाचन हुनुपर्ने बताए । “यो निर्वाचन देशको लागि महत्वपूर्ण छ,” उनले भने, “एमालेले बहुमत ल्याउँछ भनेर पहिलेदेखि नै भनिरहेको छु । आज पनि त्यही छ” | उनले मतदान गर्न बाँकी रहेकालाई उत्साहपूर्वक मतदान गर्न आह्वान पनि गरे । ओलीले राजनीतिलाई दिशाहीन बनाउने प्रयासबाट मुक्त गराउनुपर्ने बताए । उनले आफूहरुसँग सहकार्य गरेकाहरुसँग चुनावपछि पनि गठबन्धन रहने बताए ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१३:१९:३६
2091