परराष्ट्रमन्त्री खड्काले गरे मतदान
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १३:२१:२१
उदयपुर, ४ मंसिर । परराष्ट्रमन्त्री डा नारायण खड्काले मतदान गरेका छन् । उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का उम्मेदवारसमेत रहेका खड्काले त्रियुगा नगरपालिका–८ स्थित रहेको जनता आधारभूत विद्यालय झोरा मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदान गर्दै उनले मतदानको लागि मतदाता उत्साहित भएको बताए । उदयपुरमा २ लाख २९ हजार मतदाता छन् ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१३:२१:२१
551