मतदान केन्द्रमा प्रकाशमान सिंह र रवीन्द्र मिश्रबीच जम्काभेट : दुवैले भने ५ वर्षपछि भेटौँला
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १३:२७:१९ 1 minute
काठमाडौं, ४ मंसिर । काठमाडौं –१ का चर्चित उम्मेदवारद्धय प्रकाशमान सिंह र रविन्द्र मिश्रबीचमा भेटघाट भएको छ । नेपाली कांग्रेसका उम्मेदवार सिंह र राप्रपाका उम्मेदवार मिश्रबीच आफ्नो निर्वाचन केन्द्रमा भेटघाट हुदाँ रोचक संवाद भएको छ ।
प्रकाशमान सिंह: मनोनयन दर्तामा भेट भाथ्यो, आज भेटियो। अब ५ वर्षपछि भेटौँला।
रवीन्द्र मिश्र: अर्को पटक उम्मेदवारकारूपमा हाम्रो भेट नहोला। किनकि तपाईंलाई विश्राम चाहिएको छ, काठमाडौं-१ का मतदातालाई अब म चाहिएको छ।दुवैले आज बिहान काठमाडौं–१ मा मतदान गरेका थिए ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१३:२७:१९
441