हुम्लाको मतदान केन्द्रमा झडप, १७ राउन्ड हवाई फायर
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १३:३७:०१
हुम्ला, ४ मंसिर | हुम्लाको एक मतदान केन्द्रमा झडप हुदाँ तीनजना घाइते भएका छन । हुम्लाको सर्केगाडमा गाउँपालिका–३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका हुन् । सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेना हुद्दा अर्जुन उपरकोटी घाइते भएका सो मतदान केन्द्रमा स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर गरेको थियो ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१३:३७:०१
705