पौने १ बजेसम्म ३२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १३:४८:३६
काठमाडौं, ४ मंसिर । निर्वाचन आयोगले आइतबार बिहानैबाट सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ ।
आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिउँसो १२ः४५ बजेसम्म ३० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिएका हुन् ।
केही दिनयता बढेको चिसोका कारण बिहान १०/११ बजेदेखि मतदान केन्द्रमा मतदाताको भिड लाग्न थालेको उनको भनाइ छ ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१३:४८:३६
1299