मनाङमा ६५ प्रतिशत मत खस्यो
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १५:१५:३७
लमजुङ ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १:३० बजेसम्म ६५ प्रतिशत मत खसेको छ ।जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १ :३० बजेसम्म यहाँ ६५ प्रतिशत मतदान भएको हो ।
कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन् ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१५:१५:३७
1607