मतपत्र फरक परेपछि स्थगित पर्साको पटेर्वासुगौलीमा मतदान सुरु
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १६:१२:३२
४ मंसिर, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका-२ गादीको बेल्वास्थित थारु सेवा सदन मतदान केन्द्रमा मतपत्र फरक परेपछि करिब साढे २ घण्टा मतगणना स्थगित भएको छ । स्थगित भएको मतदान पौने ४ बजे सुरु भएको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रदेशसभा निर्वाचनको मतपत्र दिएको खुलेपछि १ बजेदेखि मतदान स्थगित भएको थियो ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१६:१२:३२
1013