वीरगञ्ज कारागारका ३६ कैदीबन्दीले गरे मतदान
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १६:५८:२०
४ मंसिर, वीरगञ्ज । वीरगञ्ज कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा ३६ जना कैदीबन्दीले मतदान गरेका छन् । मतदान गर्ने सबै पुरुष मतदाता रहेको मतदान अधिकृत सुमित कुमार सिंंहले जानकारी दिए ।
३७ जना कैदीबन्दीले अस्थायी मतदाता नामावलीमा नाम लेखाएका थिए । तीमध्ये एक जना कैद भुक्तान गरेर छुटेकाले मतदान नगरेको वीरगञ्ज कारागारका प्रमुख मदन घिमिरेले जानकारी दिए । कारागारमा १ जना नाबालक, ६८ जना महिलासहित १४ सय ६६ जना कैदीबन्दी छन् ।
जिल्ला हुलाक कार्यालय पर्सास्थित अस्थायी मतदान केन्द्र भने सुनसान छ । यहाँ अस्थायी मतदाता नामावलीमा नाम दर्ता गराएका निजामती कर्मचारी, म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीहरुले मतदान गर्नेछन् ।८६३ अस्थायी मतदाताले नाम दर्ता गराएकोमा ३४ जनाले मात्रै मतदान गरेको मतदान अधिकृत रजनी कुमारीले जानकारी दिइन् ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१६:५८:२०
441