निर्वाचन आयोगले आज राति ७:५० मा पत्रकार सम्मेलन गर्ने
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १७:३५:३८
काठमाडौं, ४ मंसिर | निर्वाचन आयोगले आइतबार राति ७:५० बजे पत्रकार सम्मेलन गर्ने भएको छ । आइतबार देशभर भएका प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान साँझ ५ बजे सकिएसँगै यसबारे विस्तृत जानकारी दिन आयोगले पत्रकार सम्मेलन गर्न लागेको हो । आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिए पनि मतदानस्थलभित्र पसेकाहरूले भने त्यसपछि पनि मत खसाल्न पाउने छन् । आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१७:३५:३८
1277