बाजुरा अपडेट : गोली लागेर घाइते भएका एक जनाको मृत्यु
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १८:३१:१३
धनगढी, ४ मंसिर | बाजुराको त्रिवेणि नगरपालिकामा विवाद उत्कर्षम पुगेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको सुदूरपशिचम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए । उनका अनुसार कांग्रेस र एमालेका कार्यकर्ता विच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो । झडपमा सर्वसाधारण र प्रहरीसमेत घाइते भएको समाचार आए पनि पूर्ण विवरण नआएको सूचना अधिकारी रावलले बताए । झडपमा अन्य दुई जना घाइते भएका छन् । कर्मचारीले समानुपातिक मत हाल्ने बेलामा झडप भएका कारण मतपेटिका र कर्मचारी भने सुरक्षित रहेको एसएसपी रावले जानकारी दिए ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१८:३१:१३
925