महोत्तरीको गौशालाबाट चार जना फर्जी मतदाता पक्राउ
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १८:३७:०३
महोत्तरी, ४ मंसिर | महोत्तरीको गौशालास्थित एक मतदान केन्द्रबाट चार जना फर्जी मतदाता पक्राउ परेका छन् । निगौल मतदान केन्द्रमा अन्य मतदाताको नाममा मतदान गर्न आएका सात जनालाई केहीबेर अगाडी प्रहरीले पक्राउ गरेको जनाएको छ । परिचयपत्र विना आएका ती ब्यक्तिलाई सोधखोज गर्दा अन्य व्यक्तीको नाममा मतदान गर्न आएको भनेपछि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रन्जन मिश्रले बताए । उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय गौशालामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ब्यक्तीको नाम भने प्रहरीले खुलाएको छैन । पक्राउ पर्नेहरू सवै गौशालाका स्थानीय युवा हुन् ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१८:३७:०३
881