काठमाडौंमा मतपेटिका संकलन सुरु
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | २०:१७:५०
काठमाडौं, ४ मंसिर | आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंमा मतदान सकिएको छ । काठमाडौंका दस वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको हो । मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन कार्य सुरु भएको छ । काठमाडौंका १० स्थानमा मतगणना हुने भएको छ । १० वटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
२०:१७:५०
1805