जुम्लाका प्राविधिकलाई कोबाेकलेक्ट मोबाइल एप्ससम्बधी अभिमुखीकरण
जुम्ला, ५ पुस | गृह मन्त्रालयले जुम्लामा कोबाेकलेक्ट मोबाइल एप्स विषयमा अभिमुखीकरण गरेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन शाखाले जुम्लाका स्थानीय तहमा कार्यरत प्राविधिकलाई यस्तो प्रशिक्षण दिएको हो ।गत असोज महिनामा परेको अविरल वर्षाका कारण जुम्लामा बाढीपहिरोले ठुलो क्षति पुर्याएकाे थियो । समयमै सूचना नपाउँदा उद्धार र राहतमा ढिलाइ भएकाे थियाे । आगामी दिनमा विपद्का वेला समयमै सूचना दिन सक्ने गरी घटनास्थलबाटै अपलोड फाेटाे, जानकारी दिन सकिने कोबाेकलेक्ट मोबाइल एप्स प्रयाेग बारे अभिमुखीकरण दिएको हो ।मन्त्रालयका उपसचिव ध्रुवबहादुर खड्का, सूचना प्रविधि अधिकृत युवराज भण्डारीसहितको टोली जुम्ला पुगेर एप्सको बारेमा स्थानीय तहका प्राविधिक, जनप्रतिनिधि, विपद् शाखा र विपद् व्यवस्थापन समितिलाई प्रशिक्षण दिएको हाे ।राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन शाखाका सूचना अधिकृत भण्डारी ६७ वटा जिल्लामा भर्चुअल रुपमा तालिम दिएकाे बताए ।