लोकतन्त्र आएपछि भाग खोज्न राजनीतिमा आएको पार्टी होइन एमाले : केपी ओली
प्रकाशित मिति: मंगलबार, पौष ०५, २०७९ | १६:००:३१
काठमाडौं, ५ पुस । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र जनतालाई सर्वाेपरी भागमा राखेर सडकदेखि सदनसम्म भूमिका निभाउने बताएका छन् ।प्रज्ञा प्रतिष्ठानमा पार्टीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र जनतालाई सर्वाेपरी ठानेर अघि बढेको एमाले अब पनि सडक, सदन र सरकारमा जहाँ रहे पनि सोहीअनुसार अघि बढ्ने बताए । सामाजिक न्याय र लोकतन्त्रका लागि लडेको एमाले सधैं देश र जनताको पक्षमा रहने बताउँदै उनले एमाले लोकतन्त्र आएपछि भाग खोज्नलाई राजनीतिमा नआएको भन्दै नयाँ उदायका पार्टीप्रति व्यंग्य गरे । राजनीतिक क्षेत्रमा अस्थिरता र अराजकता मौलाएको भन्दै ओलीले भने, ‘अहिले राजनीतिमा इतिहास चाहिँदैन, अनुभव चाहिँदैन, अनुशासन, निष्ठा र वलिदान पनि चाहिँदैन भनिँदै छ । एमाले यसमा चिन्तित् छ ।’
प्रकाशित मिति : मंगलबार, पौष ०५, २०७९ |
१६:००:३१
1299